केही मिडियाका ब्याक्तीका ब्याक्तीगत लाभको कारण यातायात कार्यालयलाई बदनाम गर्न खोजेको : प्रमुख दास

पर्सा २० जेठ / मधेस प्रदेश सरकार अन्तर्गत श्रम तथा यातायात मन्त्रालयको मातहतमा रहेको यातायात व्यवस्था कार्यालय, कलैया ले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवाप्रवाहलाई व्यवस्थित, पारदर्शी तथा जनमुखी बनाउन निरन्तर पहल गरिरहेको छ। कार्यालयले हप्तामा एकदेखि दुई पटक लिखित र ट्रायल परीक्षा नियमित रूपमा सञ्चालन गर्दै आइरहेको छ, जसले सेवाग्राहीहरूलाई सहज रूपमा अनुमति पत्र प्राप्त गर्न सहयोग पुर्‍याइरहेको छ। कार्यालयका प्रमुख अरविन्द्र दासका अनुसार सवारी चालक अनुमतिपत्र प्रणालीलाई पारदर्शी र जनमैत्री बनाउने उद्देश्यले कार्यहरू अगाडि बढाइएका छन्। उहाँले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य भनेको सेवाग्राहीलाई कुनै अप्ठ्यारो नपर्ने वातावरण तयार गर्नु हो। त्यसअनुसार हामीले आन्तरिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएका छौं।” उहाँले कार्यालयले हालसम्म सबै प्रक्रिया प्रचलित कानुनी तथा प्राविधिक मापदण्ड अनुसार सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। सेवाग्राहीहरूको सहज पहुँच सुनिश्चित गर्न कार्यालयले प्राविधिक उपकरण, मानव संसाधन व्यवस्थापन तथा अनलाइन प्रणालीको समेत प्रभावकारी प्रयोग गर्दै आएको उहाँको भनाइ थियो। तर, पछिल्लो समयमा pardafadaily.com मा यातायात कार्यालय कलैयामा घुसको रकम फालाफाल अख्तियर दुरुपयोग मौनको , शिर्षक दिएर समाचार सम्प्रेषण प्रति प्रमुख दासले प्रेस विज्ञप्ति जारि गरि गम्भीर आपत्ती जनाएकाछन । उहाँका अनुसार ती समाचारहरू नियोजित रूपमा कार्यालयको छवि धमिल्याउने उद्देश्यले लेखिएका छन्, जुन नितान्त अनुचित र बेबुनियाद हुन्। प्रमुख दास भने यस्ता चरित्र हत्या गर्ने मिडिया प्रती हामी प्रतिवाद गर्नेछु ।प्रेसकाउन्सिल , सुचना विभाग र पत्रकार महासंघ प्रदेश , बारा र पर्सामा पत्रचार गरिसकेकाछौ । उहाँले स्पष्ट पार्दै भन्नुभयो, “हामी पूर्णरूपमा पारदर्शी ढंगले काम गर्छौं। कुनै पनि प्रक्रिया नियमबिना चल्दैन। केही मिडिया संस्थाहरू वा व्यक्तिहरूले व्यक्तिगत लाभको लागि कार्यालयमाथि आरोप लागाउने, बदनाम गर्ने प्रयास गरिरहेका छन्, जुन दुर्भाग्यपूर्ण छ।” प्रमुख दासले मिडियाप्रति आर्थिक सहयोग नगरेको कुरालाई कारण बनाएर नियोजित रूपमा सञ्जालमा बदनामी फैलाइएको आरोप लगाउँदै सबै सञ्चारकर्मीहरूलाई पेशागत आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको छ। साथै, उहाँले सम्बद्ध निकाय तथा पत्रकार महासंघलाई यस्ता गतिविधिप्रति गम्भीर ध्यान दिन र सत्यतथ्यमा आधारित सूचना मात्र सार्वजनिक गर्न जोड दिनुभएको छ। प्रमुख दासका अनुसार कार्यालयले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन नयाँ प्रविधिको प्रयोग, कर्मचारी क्षमता अभिवृद्धि तालिम, तथा नागरिक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। “सेवा दिने संयन्त्रमा निरन्तर सुधार ल्याएर हामी आम जनताको विश्वास जित्न चाहन्छौं,” उहाँले जोड दिनुभयो। यस कार्यालयबाट दैनिक सयौं सेवाग्राहीले विभिन्न यातायातसम्बन्धी सेवा लिइरहेका छन्। लाइसेन्स वितरणदेखि सवारी दर्ता तथा नविकरण सेवासम्मका सबै कार्यहरूलाई पारदर्शी, सुलभ र समयमै सम्पन्न गर्ने उद्देश्यले कार्यालयले निरन्तर सुधारको मार्ग अँगाल्दै आएको छ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?