श्रोत नखुलेको साढे ९ लाखसहित तीनजना भारतीय पक्राउ

वीरगंज, १९ बैशाख ।
सशस्त्र प्रहरी बल पर्साले श्रोत नखुलेको नगद सहित तीन जना भारतिय नागरिक र स्कार्पियो गाडीलाई नियन्त्रणमा लिई भन्सार दाखिला गरेको जनाएको छ ।
आज साँझ वीरगंज भन्सार कार्यालय नजीकै सवारी साधनहरू चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्ष्Fा गुल्म वीरगंजबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको बिआर २२ पी ८३०० नम्बरको स्कार्पियो गाडीको सिट पछाडिको पकेटभित्र लुकाई छिपाई राखिएको श्रोत नखुलेको ९ लाख ५९ हजार रकमसहित तीनजना भारतीयलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीले भारत, पश्चिम चम्पारण, बेतिया ग्राम पंचायत, वडा नं.–७ बस्ने अन्दाजी वर्ष ५९ को विजय प्रसाद,  जौकटिया ग्राम पंचायत, वडा नं.–१२ बस्ने अन्दाजी वर्ष ४६ को मनोज कुमार सहनी, छाउनी चोक ग्राम पंचायत वडा नं.–२७ बस्ने अन्दाजी वर्ष ४३ को सन्तोष कुमार श्रीवास्तवलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरी पक्राउ परेका व्यक्ति र गाडीमा कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
   
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?