साह अपहरणमुक्त, नाबालकसहित चारजना पक्राउ

वीरगंज, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा एकजना नाबालकसहित चार जना पक्राउ गरेको जनाएको छ ।
जिल्ला बारा कलैया उप–महानगरपालिका वडा नं.१८ बस्ने वर्ष २६ को सुधिर प्रसाद साहलाई वैशाख १६ गते राति ९ः४५ बजे वीरगंज महानगरपालिका वडा नं.१२ मुर्लीबाट प्रहरीले उद्धार गरेको थियो ।
साहलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको आरोपमा प्रहरीले वीरगंज म.न.पा.वडा नं.१२ मुर्ली बस्ने वर्ष २३ को रिकेश कुमार गुप्ता, वर्ष २५ को राजन गुप्ता, जिल्ला पर्सा सखुवाप्रसौनी गा.पा.वडा नं.३ बस्ने वर्ष २४ को सिकेन्द्र साह र एकजना नाबालकलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
पक्राउ परेका चारैजनालाई  पर्सा जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?