बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५० हजार सहयोग

वीरगंज, २८ चैत । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन साह तेलीले त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५० हजार रुपियाँँ सहयोग गरेका छन् ।

मेयर साहले गत भदौंमा त्रिशुली बस दुर्घटनामा ज्यान गुमाएका बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका ओमहरि यादवको परिवारको सदस्यलाई राहत स्वरूप ५० हजार रुपियाँँ सहयोग गरेका हुन् ।

मेयर साहले मंगलवार दुर्घटनामा ज्यान गुमाएका ओमहरी यादवको परिवारलाई नगरपालिकाको कार्यालयमा बोलाई राहत स्वरूप रू पचास हजारको चेक हस्तान्तरण गरेका हुन ।

त्रिशुली बस दुर्घटनमै ज्यान गुमाएका रामनगरीका अर्का एक परिवारलाई समेत यस अघि नै मेयर साहले राहत स्वरूप ५० हजार रुपियाँँ सहयोग गरिसकेका छन् ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?