गहुँ काट्ने विषयमा दाजुभाइबीच विवाद, पेस्तोलसहित एक पक्राउ

वीरगंज,२७ चैत । गहुँ काट्ने विषयलाई लिएर दुई दाजुभाईबीच विवाद भएपछि प्रहरीले दाईलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको छ ।
जिल्ला पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ६ निवासी ६० वर्षीय वीरेन्द्र यादवलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । गहुँ काट्ने विषयमा आफ्नै भाई ५५ वर्षीय सिकिन्द्र यादवसँग विवाद गर्ने क्रममा प्रहरीले वीरेन्द्रले लुकाएर राखेको कटुवा पेस्तोल र गोली बरामद भएको जिप्रका, पर्साले जनाएको छ ।
प्रहरी चौकी महुवनबाट झैझगडा छुटाउन गएको प्रहरीको टोलीले १ थान कटुवा पेस्तोल, ४ राउण्ड बिएमएम केएफ ०० लेखिएको गोली र १ थान फलामको चाचर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखी हातहतियार तथा खरखजाना सम्बन्धी कसुर पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रवक्ता लम्सालले जानकारी गराएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?