सशस्त्र प्रहरी बल बाराले भारतिय मोटरसाइकल समेत २ लाख बराबरको अवैध समानहरु बरामद गरे ।

भरत सरार्फ
पर्सा १४ बैशाख / सशस्त्र प्रहरी बल बाराले भन्सार छलि चोरी पैठारी गरि ल्याएको अ २ लाख बराबरको अवैध समानहरु बरामद गरेकाछन । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिहर्वाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक उदय न्योपानेको कमाण्डमा खटिएको टोलिले मटिहर्वा को विभिन्न सिमानाकाहरुबाट भारतबाट भन्सार छलि चोरी निकासि गरि नेपाल भित्र ल्याउन्दै गरेका चप्पल , किराना, र सोमा प्रयोग गरिएका भारतिय नम्बरको मोटरसाइकल बरामद गरि २ लाख मुल्यांकन गरि भन्सार कार्यालय बिरगंज दाखिला गरेको सशस्त्र प्रहरी बल बाराले जानकारी दिए
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?