भरत सरार्फ
पर्सा १३ / सशस्त्र प्रहरी बल बाराले विशेष सुचनाको अधारमा १५ लाख बराबरको हुण्डीको रकम र काजु खजुर बरामद गरेकाछन ।शुक्रबार १३:०० बजेको समयमा जिल्ला बारा सिम्रौनगढ न.पा.- ०६ अमरपुर सीमा ईलाकामा वि.ओ.पि. गोलागंजबाट स.प्र.नि. ईश्वर कार्कीको कमाण्डमा खटि गएको मो.सा.गस्ती टोलीले भारतीय BR22R2809 नम्बरको ग्लामर मो.सा.लाई शंका लागि चेकजाँच गर्ने क्रममा सो मो.सा.मा सवार भारतीय नागरिक जिल्ला मोतीहारी पुर्वी चम्पारण उत्तरी घोडासन ग्राम पन्चायत १३ लैन गाँउ बस्ने अन्दजी १९ को गोलु कुमार जैसवाल र ऐ. बस्ने अन्दाजी वर्ष २१ को राजन कुमार जैसवाल दुवै जना को साथवाट नेपाली रुपैया रु. ३,७२,०००।-(तिन लाख बहत्तर हजार मात्र) स्रोत नखुलेको रकम नेपाली रुपैया र भारतिय मो.सा.को अन्दाजि मुल्य रु.१,४९,०००/- गरि जम्मा रु.५,२१,०००/- बराबरको मो.सा., रुपैया, व्यक्ति सहित नियन्त्रणमा लिई बि.ओ.पि गोलागंजमा ल्याई आवश्यक कारवाहीको लागि शुक्रबारै . १८:३० बजेको समयमा बिरगंज भन्सार कार्यालयमा बुझाईएको । साथै भारतबाट भन्सार छलि चोरी निकासी गरि विभिन्न सिमा नाकाहरुबाट नेपाल भित्र ल्याउन्दै गरेका काजु र खजुर अ मु १० लाख बराबरको बरामद गरि आवश्यक कार्वाही को लागि बिरगंज भन्सार कार्यालय दाखिला गरेको सशस्त्र प्रहरी बल न १२ हे क्वा बारा बताए ।
सशस्त्र प्रहरी बल बाराका स प्र उ केसी को कडा निर्देशन , मातहतका कमाण्डहरु एक्सनमा , १५ लाख बराबरको हुण्डीको रकम , काजु , खजुर बरामद गरे ।
byभरत सर्राफ
•
•
2 min read
0


