बिओपी सनफुलवा बारा द्वारा प्रतिबन्धित बोइलर कुखुरा बरामद गरि नस्ट गरे ।

भरत सरार्फ


पर्सा ०७ चैत / सशस्त्र प्रहरी बल बोडर आउट पोस्ट 
 सनफुलवा  बाराले प्रतिबन्धित बोइलर कुखुरा बरामद गरेका छन । सशस्त्र प्रहरी नायब निरिक्षक  सुक बहादुर रानाभाट को कमाण्डमा रहेको टोलिले भारतबाट चोरी पैठारी गरि  सुवर्ण नापा  न ७ सनफुलवा इलाका बाट  बेलुका अ १७ बजेको समयमा  BR05061110 न को TVS मोटरसाइकलमा  अ १२हजार बराबरको  बोइलर 


 कुखुरा ल्याउन्दै गर्दा सशस्त्र प्रहरी को टोलिलाइ देख्न साथ मोसा  छोडी मानिस फरार भएकोथियो । सशस्त्र प्रहरीले उक्त मोसा मा  लोड रहेका कुखुरा बरामद गरि पशु क्वारेन्टाइन मटिहर्वा को कर्मचारी बिनोद यादब , नेपाल प्रहरी , पत्रकार , स्थानीय को रोहबरमा बिओपी भित्र खाल्टोमा पुरी नस्ट गरेको र मोसा लाई आवश्यक कार्वाही को लागि बिरगंज भन्सार कार्यालय दाखिला गरेका सशस्त्र प्रहरी ले बताए ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?