ग्लोबल मनी वीक २०२५ को अवसरमा -याली

वीरगंज, ९ चैत ।
ग्लोबल मनी वीक २०२५ को अवसरमा शनिवार वीरगंजमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले संयुक्त रूपमा -याली आयोजना गरेका छन् ।

माइस्थान प्रांगणबाट शुरू भएको  -याली घण्टाघर पुगेपछि औपचारिक कार्यक्रम सहित सम्पन्न भएको थियो। -यालीमा कर्पाेरेट डेभलपमेन्ट बैंक, सांग्रिला विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, मञ्जुश्री फाइनान्स लगायतका बैंक तथा वित्तीय संस्थाहरूको सहभागीता रहेको थियो। कार्यक्रममा कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ को समेत उपस्थिति रहेको थियो।

ग्लोबल मनी वीकवारे जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका प्रदेश प्रमुख राजेश कुमार गुप्ताले यो एक वार्षिक कार्यक्रम भएको बताए । यस कार्यक्रमले बालबालिका, युवा तथा व्यवसायिक समुदायलाई वित्तीय साक्षरतावारे शिक्षित गर्ने उद्देश्य राख्छ। प्रत्येक वर्ष मार्च महिनामा मनाइने यो अभियानमा बचत, बजेट निर्माण, लगानी तथा ऋण व्यवस्थापन जस्ता महŒवपूर्ण वित्तीय विषयहरूमा कार्यशाला, विद्यालय कार्यक्रम र सामुदायिक कार्यक्रमहरू सञ्चालन गरिन्छ। यसको मुख्य उद्देश्य वित्तीय निर्णय क्षमताको विकास गर्दै दीर्घकालीन आर्थिक स्थिरता निर्माण गर्नु रहेको छ।

ग्लोबल मनी वीकले प्रत्येक वर्ष नयाँ विषयवस्तु समेट्दै वित्तीय समावेशीकरणलाई प्राथमिकता दिने नीति अवलम्बन गर्छ। यस वर्षको कार्यक्रमले वित्तीय साक्षरताको महत्वलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?