पर्सा ०५ चैत / सशस्त्र प्रहरी बल बाराले फाागुण २९ गतेदेखि चैत ४ गते सम्म २ लाख ५० हजार बराबर अवैधसमान र सो मा प्रयोग हुने स्कुटी बरामद गरि बिरगंजभन्सार दाखिला गरेकाछन । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिहर्वा बाट सशस्त्र प्रहरी नायब उपरीक्षक ( DSP ) योगराज दहालको कमाण्डमा खटिएको टोलिले मटिहर्वाको विभिन्न सिमा नाकाहरुबाटभारतबाट अवैध तरिकाले नेपाल भित्र ल्याउन्दै गरेकालत्ताकपडा , तेल , खजुर , चप्पल , लगाएतका समनहरुसशस्त्र प्रहरीको टोलि देखि समानहरु फालि मानिस फरार भएकाथिए । त्यस्तै मटिहर्वाको सिमा इलाका निलकंठवा बाट BR05AX0983 नम्बर को स्कुटी मा भारतबाट कपडा आइरहेको सुचनाको अधाारमा एफ ओ बि निलकंठवाबाट सशस्त्र प्रहरी साहयक निरिक्षिक राघोराम मण्डल को कमाण्ड खटिगएको टोलिलाइ देख्न
साथ उक्त स्कुटी छोडी फरार भएकाथिए । बरामद गरिएका स्कुटी र सो मा भएका कपडाहरु आवश्यक कार्वाही लागि बिरगंज भन्सार कार्यालय दाखिला गरेका
सशस्त्र प्रहरी बल बाराले जानकारी दिए ।
