सशस्त्र प्रहरी बल, पर्साद्वारा श्रोत नखुलेको नेपाली रुपैयाँ सहित एक जना भारतिय नागरिक नियन्त्रणमाः-



भरत सरार्फ

पर्सा १० फागण / प्रस्तावित सीमा सुरक्ष गुल्म बिरगंजबाट खटिए‌को टोलीले जिल्ला पर्सा विरगञ्ज महानगरपालिका-१६ भन्सार मेनगेट अगाडि चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको BR 05 AB 6694 नम्बरको SUPER SPLENDOR मोटरसाइकलमा सवार देश भारत जिल्ला-पूर्वी चम्पारण, रक्सौल बस्ने वर्ष ३४ को कन्हैया कुमार गुप्ताले आफ्नो शरीरको विभिन्न भागमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रुपैयाँ (१,००० दरको नोट ३०० थान रु.३,००,०००।-) र (नेपाली रुपैयाँ ५०० दरको नोट २०० थान रु.१,००,०००।-) र मो.सा. को भन्सार मुल्य रु. १,००,०००।- मुल्याङ्कन गरि जम्मा मुल्य रु. ५,००,०००।- मा निजलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल न २३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धाामिले बताए ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?