चरेश र गाँजासहित दुईजना पक्राउ

वीरगंज, ८ फागुन ।
जिल्ला प्रहरी कार्यालय पर्साले चरेश र गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
फागुन ७ गते राति ८ बजे वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वाको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला बारा, प्रसौनी गाउँपालिका वडा नं. २ बुनियाद घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१६ बसपार्कमा भाडामा बस्ने वर्ष ३० की आरती यादवलाई चरेशसहित पक्राउ गरिएको  जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जनाएका छन् ।
आरतीले बोकेको ब्यागमा रातो रंगको ग्यालेन भित्र प्लाष्टिकमा सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ ११ के.जी. ४०० ग्राम फेला परेको हुँदा लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।
यसैगरी भारत बंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनी बस्ने वर्ष २८ को राज अधिकारीलाई आठ किलो ४०० ग्राम लागूऔषध गाँजा र चरेससहित पक्राउ गरिएको प्रवक्ता भट्टले बताए ।
उनले बोकेको ब्यागभित्र सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ ६ के.जी.३०० ग्राम र प्लाष्टिकले बेरी राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ २ के.जी.१०० ग्राम फेला परेको जिप्रका, पर्साले जनाएको छ ।
अधिकारीविरूद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?