सशस्त्र प्रहरी बल, पर्साद्धारा मुल्य रु. १२,१४,५६०।- बराबरको अबैध सामान र सवारी साधन भन्सार दाखिला ।

   भरत स


 रार्फ 
पर्सा २९ माघ / सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा, प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले ,बिरगंज भन्सार कार्यालयको सहयोगमा विशेष सुचानाको आधारमा जिल्ला पर्सा बिरगंज  म.न.पा-१५ भिस्वा टोल स्थित राम नरेश साह तेलीको घरमा कोठा भाडामा लिई बस्ने विकाश पटेल ले कोठा भित्र र निजले चलाएको बा.प्र.०३-००१ च ३१२३ नम्वरको म्याजिक 


 भ्यान भित्र भारतबाट अबैध रुपमा भन्सार छली लुकाई राखेको मुल्य रु.२,१४,५६०।-बराबरको खजुर र चक्लेट बरामद गरी म्याजिक भ्यानको भन्सार मुल्य रु.१०,००,०००।- मुल्याङ्कन गरी जम्मा मुल्य रु.१२,१४,५६००।- मा म्याजिक भ्यान सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल न १३ हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षकनरेन्द्र सिंह धामीले जानकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?