वीरगंजमा बसको ठक्करबाट एकजनाको मृत्यु

वीरगंज, ८ माघ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ अन्तर्गत बुखार चौकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मंगलवार बिहान करिब १०ः३५ बजे तेजस एकेडेमी +२ कलेजको ना ५ ख १५०४ नम्बरको बसले बाटो काटिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान बारा जिल्ला, फेटा गाउँँपालिका–५, जोदपुर गम्हरियाका ४२ वर्षीय शैमुदिन अन्सारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयहरू आक्रोशित बनेका थिए भने घटनावारे जानकारी पाएपछि प्रहरीले तुरून्तै घटनास्थल पुगेर बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारणवारे अनुसन्धान भइरहेको छ। शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगंज पठाइएको छ।

यस घटनाले सडक सुरक्षाको विषय फेरि चासोको विषय बनेको छ। स्थानीयले दुर्घटनास्थलमा ट्राफिक व्यवस्थापन मजबुत बनाउन माग गरेका छन।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?