भरत सरार्फ
पर्सा ०२ पुस / गते बिहान अं. ०५:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंज बारा बाट प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थितमा हेटौडाबाट पथलैया तर्फ आउदै गरेको BR 22J-5333 नम्बरको भारतीय प्लेट भएको कार संकास्पद लागी रोकी चेक जाँच गर्दा कार भित्र बिचको सिट मुनि फलामको फल्स बटम बनाई सोही फल्स बटम भित्र लुकाई छिपाई लगीरहेको निम्न बमोजिमको लागू औषध गाँजा बरामद कार सहित २ जना भारतीय नागरिक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको व्यहोरा सूचित गरिन्छ । चालक देश भारत, बिहार राज्य, जिल्ला पूर्वीचम्पारण, मोतिहारी थाना, गोबिनगंज ग्राम पंचायत मुरा वडा नं.१४ चनडीस्थान गाउँ बस्ने अं. वर्ष २६ को अखिलेश कुमारसाह , कारमा सवार ऐ.ऐ.बस्ने अं. वर्ष १९ को राजकुमार पासवान रहेको बारा प्रहरीले बताए ।
