विश्वकपमा नेपाललाई पु-याउन योगदान दिने कप्तान र टीम सदस्य सम्मानित

वीरगंज, ०९ पुस ।
नेपाली राष्ट्रिय टिमकी कप्तान पूजा महतोलाई वीरगंज महानगरपालिकाले मंगलवार सम्मान गरेको छ ।
नगरप्रमुख राजेशमान सिंहले महतोलाई खादा ओढाएर नगद २५ हजार सहित सम्मान गरेका हुन् । यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई पु¥याउन कप्तान महतोको योगदान प्रशंसनीय रहेको नगरप्रमुख सिंहले  बताए ।
यसैगरी यू–१९ नेपाली राष्ट्रिय टिमकी सदस्य साना प्रविनलाई पनि मेयर सिंहले सम्मानित गरे । वीरगंज–१३ निवासी सानालाई यसअघि मंसिर ९ नगरप्रमुख सिंहले नगद ५१ हजार रुपियाँँ प्रदान गर्दै सम्मानित गरेका थिए । गत मंसिरमा सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्डविरूद्धको खेलमा सानाले अर्धशतक प्रहार गर्दै कप्तान पूजा महतोसंग मिलेर नेपालका लागि कीर्तिमानी साझेदारी गरेकी थिइन् ।
कार्यक्रममा मेयर सिंहले क्रिकेटको माध्यममार्पmत मधेस र नेपालको नाम विश्वमै चिनाउन सफल भएको भन्दै कप्तान महत्तो र सानाको मनोबल र हौसला बढाउन सम्मानित गरिएको बताए ।
उनले मधेसका छोरीचेलीहरूले पनि केही गर्न सक्छन् है भन्ने उदाहरणको पात्रका रूपमा दुबै जना बनेको भन्दै उनले आउँदा दिनमा अझै मेहनत गरेर मधेस र नेपालको नाम विश्वमा अझ धेरै चिनाउन दुवैलाई आग्रहपनि गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, पर्साका प्रहरी उपरीक्षक कुमोध दुंगेल, पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह,वीरगंज–४ का वडाध्यक्ष जगत साह कानु लगायतकोपनि सहभागिता थियो । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?