नेपाल भुतपुर्व प्रहरी संगठन पर्सा को अध्यक्ष राना घाइते

भरत सरार्फ 


पर्सा ०९ पुष / नेपाल भुतपुर्व प्रहरी संगठन पर्सा को अध्यक्ष दान बहादुर  राना घाइते भएकाछन । बिहान आफ्नो निवासबाट गन्तव्य तर्फ जान्दै गरेको अवस्था बिरगंजको मेन रोड स्तिथ  नेशनल ट्रेडिङ नजिक विपिरित दिशातर्फ बाट तेज गतिमा आएका मोटरसाइकलले रानाको मोटरसाइकलमा ठक्कर दिएकाथिए । उक्त ठक्करले राना घाइते भइ बाटो ढलेकाथिए  । स्थानीयले रानालाइ उपचार 
को लागि नारायणी अस्पताल लगेकाहुन । ठक्करबाट 
रानाको दायाँ खुट्टाको दुइवटा औंगुला भाच्चेकाछन भने शरिरको विभिन्न भागमा चोट लागेकाछन । नारायणी अस्पतालबाट उपचार गरि सर्वोतम अस्पताल पानिटंकी बिरगंजमा भर्ना गरिएकोछ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?