बारामा गोली हानेको अवस्थामा पुरुषको शव भेटियो

वीरगंज, ६ पुस । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा गोली हानी हत्या गरिएको अवस्थामा एक पुरूषको शव कारमा भेटिएको छ ।

शनिवार बिहान जीतपुरसिमरा उपमहानगरपालिका–११ दुधौरा खोला नजिकै हत्या गरिएको अवस्थामा पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा पुरूषको शव भेटिएको हो । घटनाको वारेमा अनुसन्धानको लागि बाराका एसपी महेन्द्र खड्कासहित इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

मृतक पुरूषको पहिचान खुल्न बाँकी रहेको तथा उनको टाउकोमा चोट रहेको घटनास्थलमा पुगेका एसपी महेन्द्र खड्काले जानकारी दिए ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?