प्राध्यापक डा. राजेन्द्र प्रसाद साह रौतहट स्थित देवाही गोनही नगरपालिका कोलक्षमिनिया वार्ड नं२ का निवासी हुन। १६ वर्ष अघि प्राध्यापककाे प्रमाण पत्र प्राप्त गरेका उनले स्वास्थ्य सेवा क्षेत्र मा काम गरेकै अनुभव ४४ वर्ष पुगी सक्यो।मेडिसिन र अर्थोपेडिक सर्जरी समेत दुई विषयमा स्नातकोत्तर गरेका प्राध्यापक डा. राजेन्द्र प्रसाद साह ले एनाटोमी मा पनि MPhil अध्ययन गरेका हुन्। उनले २०३७ सालमा स्वास्थ्य क्षेत्रमा औपचारिक रूपले प्रवेश गरी आज पर्यन्त निरन्तर सेवा दिइरहेका छन्। २०३३ सालमा प्रथम श्रेणीमा एसएलसी उतिर्ण प्राध्यापक डा.साह तत्कालीन समयमा रौतहट जिल्ला मै उत्कृष्ट भएर विद्यालय स्तरीय छात्रवृत्ति प्राप्त गर्नु भएको थियो। २०३६ मा हेल्थ असिस्टेन्ट अध्ययन गर्दा आईओएम र इश्वर्य छात्रवृत्ति समेत पाउनु भएको थियो । आईओएममा कार्यरत रहदा २०३७ सालमा शिक्षा मन्त्रालयद्वारा रसियाकाे लेनिंग्रादकाे प्रथम इन्स्टिच्युट अफ मेडिसिन इभान पेत्रोबिच पावलोभमा MD कोर्ष अध्ययन गर्नु भएको थियो पुन:आईओएम काे छात्रवृत्तिमा बंगलादेशकाे ढाका युनिभर्सिटीमा MPhil एनाटोमी विषय मा स्नातकोत्तर गर्नु भएको थियो। त्यस पछि WHO काे छात्रवृत्ति अन्तर्गत Dhaka युनिभर्सिटी मै MS (orthopedic surgery) गर्नु भएको थियो ।२0६४ सालमा प्रा .डा.साह ले प्राध्यापककाे प्रमाण पत्र प्राप्त गर्नु भयो जसको पद प्रमाणित त्रिभुवन विश्व विद्यालयले गरेको थियो।यस आधारमा उनी प्राध्यापक भएको १६ वर्ष पुगी सक्यो। चिकित्सा क्षेत्रमा मुख्यतः दुई पक्ष आधारभूत चिकित्सा शिक्षा र क्लिनिकल शिक्षा हुन्छन्। प्राध्यापक डा.साहले दुवै क्षेत्रमा स्नातकोत्तर गर्नु भएको छ।उनी आधारभूत चिकित्सा क्षेत्रमा प्राध्यापक हुनु हुन्छ भने क्लिनिकल शिक्षा तर्फबाट अर्थोपेडिक सर्जरीमा स्नातकोत्तर गरी सिनियर कन्सल्ट्यान्ट हुनु हुन्छ
। यति सम्मको प्रतिभावान वयक्तित्व चिकित्सा तर्फ मधेश प्रदेशमा शायदै कोही होलान्। प्रा. डा.साहकाे अर्को महत्वपूर्ण अनुभव भनेको उनी दुई विषयमा थेसिस लेखेका छन् र उनीद्वारा प्रमुख लेखकको रुपमा तैयार परेको सात बटा रिसर्च आर्टिकल राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन्। त्यस्तै सहायक लेखककाे रूपमा पनि दुइटा रिसर्च आर्टिकल प्रकाशित भएका छन्। बी पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कन्सल्टयान्टकाे रूपमा काम गरेका उनले त्यहाँ विभागीय प्रमुखकाे रूपमा पनि अनुभव प्राप्त गरेका छन्।त्यस पछि वीरगन्ज स्थित एमबिकेडीया डेन्टल कलेजमा प्राध्यापक डा.साह ले प्रिन्सिपल तथा विभागीय प्रमुख भएर कार्य गरे। गण्डकी मेडिकल कलेजमा पनि प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्य गरि अनुभव सँगालेका छन्।नेपाल मेडिकल एशोसिएसन नारायणी ब्रान्चका पुर्व उपाध्यक्ष रहेका उनी मधेश शहीद उद्यानका संस्थापक र उपाध्यक्ष हुन। रौतहट वेलफेयर सोसाइटी पर्साका अध्यक्ष प्रा. डा साह नेपाल अर्थोपेडिक एशोसिएसनका प्रदेश अध्यक्ष पनि हुन।उनको अर्को सबल पक्ष भनेको प्रा. डा.साह ले प्राप्त गरेका शैक्षिक योग्यता का प्रमाणपत्र सबै छात्रवृत्ति अन्तर्गत नै प्राप्त गरेका हुन ।यति बेला प्रा. डा. साह ले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर पद पूर्तिका लागी प्रक्रिया अगाडि बढाएकोमा उहाँ प्रतिस्पर्धा मा छन्।चिकित्सकहरूको बौद्धिक जगत मा चर्चा परिचर्चा चलेअनुसार आर्थिक चल खेल न भई स्वक्छ चयन भएमा उहाँ लाई प्रतिष्ठानको रेक्टर पदका लागि पछि पार्न सक्ने कुनै उम्मेदवार देखिएको छैन।उनी जस्ता वेयक्तित्व नेतृत्वमा पुग्न सके भर्खरै स्थापना भएर हिँड्न सिक्दै गरेको मधेश स्वास्थ्य प्रतिष्ठानका गरिमा अझ उकासिने विश्वास गर्न सकिन्छ।त्यसकारण मधेशको यो गौरव योजनालाई सफल र उच्च शिर्षस्त स्थानमा पुर्याउनको लागी सबल र अनुभवी उम्मेदवारलाई चयन गर्नु अनिवार्यता हो।यसमा सबै राजनीतिक दल मिली योग्य उम्मेदवारलाई छनौट गर्नु हाम्रो मधेश प्रदेशकोआज काे आवश्यकता हो।
