पर्सा २३"असोज / प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले मंगलबार जिल्ला पर्सा बि.म.न.पा-१६ भन्सार मेनगेट लगायत बिभिन्न सीमानाकाहरुबाट अबैध रुपमा ना २ ह ४७८५ नं. को अटो तथा अन्य बिभिन्न सार्वजनिक सवारी साधनहरुमा 

लोड गरी नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ८,५८,१७६।- बराबरको कपडा, किराना सामान, मोटरपार्टस, खेलौना, कस्मेटिक ,औषधि, र बरामद अटोको भन्सार मुल्य रु. ३,५०,०००।- मुल्याङ्कन गरि आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सा
मा बुझाइएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी एवँम सशस्त्र प्रहरी नायव उपरिक्षक नरेन्द्र सिंह धामीले बताएँ ।
-
