लेखक तथा पत्रकार श्रीमन्नारायणको पुस्तक विमोचन

वीरगंज, २१ असोज । लेखक तथा पत्रकार श्रीमन्नारायणको पुस्तक 'बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध'को विमोचन गरिएको छ ।
आज वीरगंज महानगरपालिकाको ममता विद्या मन्दिरमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वीरगंज महावाणिज्य दूतावासका तरुण कुमार र अतिथिहरु मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दी, वरिष्ठ पत्रकार जगदीश शर्मा, दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंह, प्रFध्यापक बासुदेवलाल दास, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं साहित्यकार गणेश लाठलगायतले पुस्तकको संयुक्तरुपमा विमोचन तथा पुस्तकको विषयवस्तुबारे मन्तव्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण पत्रकार प्रताप श्रेष्ठले गरेका थिए ।  
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?