यादवको हत्यामा संलग्न एकजना पक्राउ

वीरगंज, १६ कात्तिक ।
धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.– १ सेमरा तेगछिया नयका टोल बस्ने अन्दाजी वर्ष ५५ को भुमि सुधार भन्ने श्री नारायण प्रसाद यादवको हत्याको आरोपमा प्रहरीले सोही ठाउँ निवासी वर्ष ६४ को सोथाई चौधरी भन्ने सोथाई खाँ थारूलाई पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ ।

यादवलाई सेमरा तेगछिया सडकखण्डमा मिति २०८१/०७/१० गते साँझ ७ः३० बजेको समयमा पसलबाट घर जाने क्रममा धारिलो हतियारले टाउको पछाडि गर्दनमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सोथाई खाँ थारूलाई सोही दिन निजकै घरबाट पक्राउ गरी अनुसन्धान गर्दा भोगचलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो रिसिवि तथा बिवादको कारणले यादवको हत्या गरेको प्रहरीले जनाएको छ ।

यादवको हत्यामा प्रयोग गरेको धारिलो हतियार खुकुरी लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता  प्रकाश सापकोटाले बताउनुभयो ।

 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?