सशस्त्र प्रहरी बल पर्साद्वार रु. ११,८७,३८७।- बराबरको अबैध सामान भन्सार दखिलाः



पर्सा १८ असोज / सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले जिल्ला पर्सा बिरगंज म.न.पा-१६ ईनर्वा स्थित बिभिन्न सिमानाकाहरुबाट भारतबाट अबैध रुपमा भन्सार छलि BR 05 AM 6515 नं. को स्कुटर तथा अन्य बिभिन्न 


 सार्बजनिक सवारी  साधनमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु. १०,१२,३८७।- बराबरको कपडा, जुता, ब्यक्तिले प्रयोग गर्ने नर्मल औषधि, मोटरपाट्स, कस्मेटिक सामान र किराना, सामानहरु बरामद गरि स्कुटरको भन्सार मुल्य रु. १,७५,०००।- मुल्याङ्कन गरि 


 स्कुटर सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि  बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको  सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी एवँम सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामिले जानकारी दिएँ
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?