प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट प्रताप श्रेष्ठ पुरस्कृत

वीरगंज, ७ असोज/
वीरगंजका पत्रकार खड्गबहादुर श्रेष्ठ (प्रताप) प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

प्रेस काउन्सिल नेपालद्वारा आइतवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार श्रेष्ठलाई खादा ओढाएर, प्रमाणपत्रसहित नगद रु १२ हजारबाट पुरस्कृत गरेका थिए । सो अवसरमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य लालबाबू शेखलगायतको सहभागिता थियो ।

पत्रकार श्रेष्ठ प्रतीक दैनिकका सम्पादक हुन् भने अन्य सञ्चारमाध्यममा पनि उनी आबद्ध छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?