सशस्त्र प्रहरी बल पर्साद्वारा १४५ के.जि. गाँजा सहित कार नियन्त्रणमा




पर्सा ०७ असोज / सशस्त्र प्रहरी बल पर्सा ले लागू औषध गाजा समेत कार बरामद गरेकाछन । आइतबार  बि.ओ.पि अमरपट्टीबाट खटिएको मोबाईल गस्ती  टोलीले जिल्ला पर्सा विन्दवासिनी गा.पा-३ ईटियाही चोकबाट बा.१५ च. ७९५६ नम्बरको कारलाई चेकजाचँ गर्ने क्रममा कार चालक सहित २ जना व्यक्ति गाडी छाडी भागि गएको हुँदा उक्त कारलाई चेकजाँच गर्दा गाडीको सिटमुनी तथा डिकीभित्र लुकाई छिपाई राखेको १४५ के.जी (१५ पोका) प्रतिबन्धित  लागुऔषध गाँजा फेला  परेको हुँदा उक्त गाँजा सहित कार नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि  ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरी बल न १३गण  हे क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक एँवम सुचना अधिकारी देबेन्द्र बहादुर सिंहलेनजानकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?