भरत सरार्फ
पर्सा १८ भदौ / बिरगंज वडा न.७ बस्ने संजय जयपुरियाले आज पत्रकार सम्मेलनको आयोजना गरि मेरो श्रीमती शान्ति कुमारी मारवाडिले १५ बर्ष अगाडि नितेन्द्र प्रसाद साह सङ बिरगंज वडा न.७ माईस्थान स्कुल पछाडि कित्ता न. ७७ को जग्गा साढे ६ धुर खरिद गरि भोग चलन गर्दै आईरहेको र सो जग्गाको बिरगंज महानगर पालिकालाई सम्पत्ति कर पनि बुझाउदै आईरहेको पत्रकार सम्मेलनमा जग्गा धनीका श्रीमान सन्जय जयपुरीयाले जानकारी दिदै १ बर्ष अगाडि घरायसी प्रयोजनको लागि बैंकबाट ऋण लिन पर्यो भनेर मालपोत रोक्का गर्न जादा सो जग्गा अरुको नाममा बिक्रि भएको थाहा पाउँदा यो कसरी भयो भन्दै मालपोत कार्यालय , नापी कार्यालय सबै धाउदा धाउदै १ बर्ष हुन लाग्यो ।
मालपोत कार्यालयले गल्तीले भएको हो , तपाईंको काम हुन्छ हुन्छ भनेर भोलि आउनु , पर्सि आउनु , अहिले त्यो फाटको मान्छे आएको छैन भनेर आलटाल गर्दै दु:ख दिने गरेको र नापी कार्यालयमा भने ६९ कित्ताको ४ कित्ता काट गरि ३ जनाको नाममा बिक्रि गरिसकेको देखिएको बताए पनि कम्प्युटरमा कित्ता न. ६९ ईन्ट्रि बदर देखिएको जयपुरोयाले आरोप लगाएका थिए ।
मेरो श्रीमतीको नामको लालपुर्जा आफू सङै हुदा हुँदै सो जग्गा राजकुमार अग्रबाल , सुरेश कुमार अग्रबाल र निर्मला देबि गरि ३ जनाको नाममा पास गरेको र १ कित्ता बिक्रि नभएको देखिएको बताए ।
पत्रकार सम्मेलनमा जयपुरियाले आफुले थाहा पाएपछी देखि नै दौडधुप गरेको र यश सम्बन्धमा एकजनाले फोन गरि काम गर्ने सर्तमा ३ लाख मागेको पनि बताए । तर फोन गर्ने व्यक्ति को हो मलाई थाहा र जानकारी भएन किन कि मेरो जग्गाको लागि सो रकम किन दिने भन्ने सोच रहेको बताए ।
पत्रकारले सोधेको प्रश्नको उत्तर दिदै जयपुरियाले आफू अहिले सम्म अख्तियार र अदालत नगएको भन्दै तपाईहरु देशको चौथो अंग भएकोले तपाईंहरुको पत्र पत्रीका , अनलाई र टिभी मार्फत मलाई न्याय दिनुहुने बिश्वासका साथ आज यो पत्रकार सम्मेलन गरेको बताए ।


