भरत सरार्फ
पर्सा २० भदौ / स्वास्थ्य उपचारको नाउँमा कैयौं अस्पतालले बिरामी लुट्ने काम गरिरहेको अवस्थामा बाराको कलैया स्थित ए प्लस अस्पताल तथा ट्रमा सेन्टरले सानो समयमै बिरामीको मन जित्न सफल भएको छ। अस्पतालमा कार्यरत डाक्टरहरुको सेवा भावना, सस्तो र समुचित उपचारको कारण ए प्लस अस्पताल तथा ट्रमा सेन्टर कलैया बिरामी संगै अभिभावकको मन जित्न सफल भएको हो। कलैया बिरगंज सडकखण्ड अन्तर्गत कलैया ट्राफिक कार्यालय छेउमा मात्र ६ महिना अघि सञ्चालनमा आएको उक्त अस्पतालमा दैनिक १०० को हाराहारीमा बिरामीहरू उपचारको लागि आउने गर्दछन्। बारा, पर्सा संगै रौतहटको बिरामी समेत उक्त अस्पतालमा उपचार गराईरहेको देखिएको छ। ओपिडीमा बिशेषज्ञ डाक्टर द्वारा बिरामी जाँच्ने, उपचार गर्ने हुँदा उक्त अस्पताल प्रती नागरिकको बिश्वास बढ्दै गएको उपचार गराउनेको बिमारीको अभिभावकले बताएका छन्। ए प्लस अस्पतालका बरिष्ट फिजिसियन डाक्टर बीकेश कुमार पाण्डेका अनुसार स्थापनाको सानो अवधिमा प्रदेश सरकारको सहयोगमा सैयौं महिलाहरुको आंग खस्ने रोगको निःशुल्क अपरेसन गरिएको छ। बिरामी पता लगाउन बाराको कैयौं स्थानमा निःशुल्क उपचार शिविरको आयोजना गरिएको थियो। सोही शिविरहरुबाट छानिएर आएकी ११६ जना महिलाको आंग खस्ने रोगको ए प्लस अस्पताल तथा ट्रमा सेन्टर कलैयामा निःशुल्क अपरेसन गरिएको डाक्टर पाण्डेले जानकारी दिएका छन्। अस्पतालमा हाल २४ औं घन्टा प्रसूति सेवा, आइसियु, एनआइसियु , ल्याप्रोस्कोपीक, सर्जरी, लेजर सर्जरी सेवा दिइने गरिन्छ। पछिल्लो समयमा बढ्दै गएको सवारी दुर्घटना र महंगो उपचार लाई मध्यनजर गर्दै अस्पतालले सेवा उपचार राजधानीको चार्ज देहातको निति लिएको छ। सोही नीति अनुसार ए प्लस अस्पताल तथा ट्रमा सेन्टर कलैयामा हड्डीको उपचार तथा अपरेसन अर्थोमा गोल्ड मेडलिस्ट एमबिबिएस एमएस डाक्टर आशिष यादव द्वारा भईरहेको छ। अहिले ओपिडी तर्फ ५० देखि ६० जना र हार्डजोर्नीको ३० देखि ४० बिरामी गरी दैनिक एकसयको हाराहारीमा उपचारका लागी आउने गरेको डाक्टर पाण्डेले जानकारी दिएका छन्।
