वीरगंजवासीलाई जेब्रा क्रसिङबाट बाटो काट्न सिकाउदै सामुदायिक सेवा केन्द्र मुर्ली

वीरगंज, २२ साउन ।
सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरले  बटुवाहरुलाई जेब्रा क्रसिंगबाट बाटो काट्न प्रशिक्षण दिन थालेको छ ।
 
केन्द्रका पदाधिकारीहरुले आज बिहान वीरगंज महानगरपालिका–११ मुर्लीचोकमा रहेको जेब्रा क्रसिङबाट सर्वसाधारणलाई बाटो काट्न प्रशिक्षण दिएका हुन् ।
 
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साका पदाधिकारीहरुले पैदल यात्री, साइकल चालकहरू समेतलाई जेब्रा क्रसिङबाट बाटो काट्दा दायाँ बायाँ हेरेर मात्र बाटो काट्न सम्झाई बुझाई प्रशिक्षण दिएका छन् ।
वीरगंजका सर्वसाधारणहरुले जथाभावी बाटो काट्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने गरेका छन् जसले गर्दा सडक दुर्घटनामा पनि वृद्धि भएको छ ।
 
कार्यक्रममा सामुदायिक सेवा केन्द्र श्रीपुरका सचिव कुलनारायण (दिलीप) प्रधान, उपाध्यक्ष्F जयलाल साह, प्रहरी हवल्दार सुभाषप्रसाद यादव, प्रहरी जवान अवरेन राय, राजुप्रसाद चौरसिया, निर्मल ताम्राकार, मधु सिंह राजपूतलगायतले सर्वसाधारण बटुवा, साइकल चालकलगायतलाई प्रशिक्षण दिएका थिए ।  
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?