भरत सरार्फ
पर्सा २२ श्रावण / सशस्त्र प्रहरी बल नेपाल पर्सा ले श्रोत नखुलेको १२ लाखा ५० हजार नेपाली रुपैयाँ समेत दुई जनालाइ नियन्त्रणमा लिएकोछ । बिरगंज म.न.पा.-२५ सिर्सिया नाकाबाट बि.ओ.पि. ड्राईपोर्टबाट खटिगएको गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ना ३५ प ६७१६ नम्बरको मो.सा. र BR 05 AA 0906 

नम्बरको मो. सा. लाई शंका लागि चेकजाँच गर्दा श्रोत नखुलेको ने.रु. १२,५०,०००।- नगद भेटिएको हुँदा उक्त २ वटा मो.सा. हरु सहित १ जना नेपाली नागरिक र १ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना
अधिकारी एँवम सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले बताएँ ।
