किर्ते नागरिकता र सवारी चालक अनुमतिपत्रमा पक्राउ परेका अग्रवाल लाई जिल्ला अदालतले तीन दिन म्याद थप गरे , तीन जोड कपडा बोकेर नेपाल आएका अग्रवाल कसरी भए करोड पति ?




भरत सरार्फ 
पर्सा १७ श्रावण / किर्ते नागरिकता र सवारी चालक अनुमतिपत्रमा पक्राउ परेका निरन्जन अग्रवाल लाई जिल्ला अदालत पर्साले तीन दिनकालागि म्याद थप गरेकाछन । भारतको राजस्थान बाट तीन जोड कपडा बोकेर नेपाल आएका कसरी भए करोडपति ? अग्रवाल २०४८ सालमा राजस्थानबाट नेपालको बिरगंज स्तिथ आदर्शनगरमा आएर अजय अग्रवालले संचालन गरेका चर्चित आदर्श किरानामा काम गर्थे । अग्रवालले बिस्तारै बिस्तारै  बैइमानी नियतले उनका आदर्श किराना हडपे , अजय अग्रवालको दाजु भाइ हरु संग मिलेर अगरबत्ती कारखाना र पिंकी स्वट सुपाडीको काम गरे , त्यो पनि उनिहरुसंग बैइमानि हरेर कब्जा गरे । त्यो पीडा सहन नसेको कारण अग्रवालहरु केही बिरगंज छेडेर गयो र अजय अग्रवाल र अरुण  अग्रवाल को हृदयाघातको कारण  मृत्यु भयो । उनिहरुको  मृत्युु पछि अग्रवालहरुको रहेको सम्पत्तिपनि कब्जा गरेर राता राता करोडपति  बने अग्रवाल ।हाल बिरगंज मनपा वडा न १० आदर्शनगरस्थित  स्वट मार्ट फुट ई , संचालन गरि भारतबाट आउने कच्चापदार्थ बाट करोडो राजश्व छलिएको छ ।  चुइगममा प्रयोग हुने कच्चापदार्थ गम लाई जुत्ता टांसने सुलेशन देखाए करोडो राज्श्व छलिगरेकाछन ।बिरगंज भन्सार कार्यालयले अग्रवालको कारखानामा छापा समेत मारी ८० लाख जरिवाना गरेकोछ । हाल सम्म उक्त जरिवानाको रकम बुझाएकोछैन । भारतको राजस्थान सरदार सहरबाट तीन जोड कपडा बोकेर आएका अग्रवाल बइमानी गरि अर्काको सम्पत्ति हड्पी यसरी भए करोडपति ।अरु यस्ता थुप्रै घटनाहरुछन अनुसन्धान गर्नेहो भने बहिर आउन्छ ।बइमानिका दुनियाको नटवरलाल हो अग्रवाल । उनका नजिककै विशेष श्रोतको भनाइ रहेछ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?