पर्सा ०५ श्रावण / नाम चलेका दिल्ली पब्लिक स्कुल का बस तस्करीमा प्रयोग भएको पाइकोछ ।।विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षकसुरजरिजालको कमाण्ड खटिएको टोलिले प्रदेश २-०३-००१ क ०११६ नम्बरको दिल्ली पब्लिक स्कुलको बसले आफ्नो स्कुलमा अध्यायनरत रक्सौल निवासि बिद्यार्थीहरुलाई भारतको रक्सौल छोडी नेपाल तर्फ आउने क्रममा अबैध रुपमा भन्सार छली बसमा लुकाई छिपाई लोड गरी नेपाल तर्फ अबैध रुपमा सामानहरु ल्याउदै गरेको छ भन्ने बिशेष सुचनाको आधारमा बि.म.न.पा.-१६ भन्सार मेनगेट स्थित चेकप्वाईन्ट डिउटिमा खटिएको टोलीले चेकजाँच गर्दा रु. २,६३,७००।- बराबरको कपडा तथा मोविल लगाएतका सामानहरु भेटिएकोले उक्त सामान सहित जि. बारा परवानीपुर गा.पा.-४ बस्ने बर्ष ३२ को किशोरी राम (चालक) र जि.पर्सा बिमनपा-११ श्रीपुर बस्ने बर्ष ४२ को दिपक गिरी (सह-चालक) लाई नियन्त्रणमा लिई उक्त बसको रु. ३०,००,०००।- मुल्याङ्कन गरि जम्मा रु. ३२,६३,७००।- बराबरको समान तथा सवारी साधन सहित निज चालक र सह-चालकलाई आबश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको छ।
दिल्ली पब्लिक स्कुलको बस तस्करीमा प्रयोग , २,६३,७००/ को अवैध समान बरामद , बस चालक र सह चालक भन्सार दाखिला ।
byभरत सर्राफ
•
•
2 min read
0
