जिल्ला प्रहरी कार्यालय बारा द्वारा , ६७ लाख बराबरको अबैध समान सहित डिब्बा ट्रक नियन्त्रणमा” ।




पर्सा २६ अषाढ / जिल्ला प्रहरी कार्यालय बारा का मातहतमा रहेको  निम्न प्रहरी ईकाइ कार्यालय हरूबाट खटिएका प्रहरी टोलिहरूले निम्न स्थानमा निम्न गाडिहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई नभएको समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू.६७ लाख ३ सय ९२ रूपैया बराबरको अबैध समान सहित डिब्बा ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको छ ।
. प्रहरी ईकाइ:- ईलाका प्रहरी कार्यालय अमलेखगंज, बारा बाट • मिति २०८१/०३/२५ गते अं.२३:३० बजेको समयमा जिल्ला बारा, जीतपुरसिमरा उ.म.न.पा.वडा नं.२१ अमलेखगंज स्थित बीरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख ४९४० नं. को डिब्बा ट्रकमा लोड खुद्रा सामानहरु अं.मुल्य रू. ६४,५६,२४२/- रूपैया बराबरको  स्पोर्टिङ बिल नभएको ।• मिति२०८१/०३/२५ गते अं. २३:१० बजेको समयमा जिल्ला बारा, जितपुरसिमरा उप-महानगरपालिका वडा नं. २१ स्थित बीरगंजबाट 


 काठमडौं तर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रु बाहक बसमा लोड फेसवास( लुमि, जिनक्यार) अं. २३० पिस अं. मु ल्य रु. १,१४,१५० बराबरको बिल बिजक नभएको तथा स्रोत खुलाउन नसकेको ।. प्रहरी ईकाइ:- प्रहरी चौकी मुसहर्वा, बारा बाट मिति २०८१/०३/२६ गते अं.०१:०० बजेको समयमा जिल्ला बारा, बिश्रामपुर गा.पा.वडा नं.१०निलकण्ठवा स्थित नेपलाबाट भारत तर्फ लैजाँदै गरेको २ वटा गाई  ८ वटा गाईको बाछा अं. मुल्य रु. १,३०,०००/- बराबरको नियत्रणमा ।लिएको जिल्ला प्रहरी कार्यालय बाराले  जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?