सशस्त्र प्रहरी पर्साद्वारा १०,११,६४०।- बराबरको सामान बरामद गरे ।




  पर्सा १६ जेठ /  बिमनपा-१० आदर्शनगरबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट  खटिएको टोलीले बेवारिसे अवस्थामा लुकाई राखेको भन्सार दाखिला मूल्य रु. ४,९७,४००-। बराबरको ४१३ केजि कवाडि तामाको तार र ग्यासरेगुलेटर पुरानो  बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको । साथै आजकै मितिमा प्र.सी.सु. गुल्म बिरगंजबाट खटिएको टोलिले रु. ३,५५,७४०।- ब


 राबरको किराना सामान, कपडा तथा मोटरपार्टस र उक्त मोटरपार्टस ओसारपसारमा प्रयोग गरिएको भन्सार दाखिला मुल्य रु.१,००,०००।- बराबरको BR 05AA 6897 नम्बरको स्कुटरलाई  समेत नियन्त्रणमा लिई बिरगंज भन्सार कार्यालयमा बुझाएको । बि.म.न.पा.-१ 


 सिर्सियाबाट र बिन्दवासीनी गा.पा.-५ प्रसौनिभाठाबाट  समेत ५८,५००।- बराबरको चिसो, चिनि लगायत कपडा बरामद गरी आवश्यक कारवाहीको लागि बिरगं ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरी क्षक एँवम सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?