पोखरियामा प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न स्वास्थ्यमन्त्री यादवको निर्देशन

वीरगंज, ६ जेष्ठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्व प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारलगायतका स्थानीयहरूले आइतवार मन्त्री यादवसँग मन्त्रालयमा भेट गरेर पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्दै पूर्वाधार विकास गर्नेदेखि सुविधाहरू थप गर्न आग्रह गरेका थिए।

त्यहि आग्रहअनुसार मन्त्री यादवले पोखरिया अस्पताल स्तरोन्नति गर्ने काम अगाडि बढाउन मातहतका कार्यालय र निकायहरूलाई निर्देशन दिएको उनका उप–स्वकीय सचिव निखिल बर्णवालले जानकारी दिए ।
निर्देशन दिँदै मन्त्री यादवले भने – 'गृह जिल्लास्थित पोखरिया अस्पताल स्तरोन्नति हुनुपर्छ भन्ने मेरो शुरूदेखिको लक्ष्य हो । यसका लागि समय – समयमा मैले पहल पनि गरेकै थिएँ । अब स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै यो कामलाई अगाडि बढाउने निर्देशन दिएको छु । छिट्टै काम शुरू हुन्छ ।'

स्वास्थ्यमन्त्री यादवले पर्सा जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्य संस्थाहरूको पनि स्तरोन्नति गरिने बताए ।

पूर्व मन्त्री एवं जनता समाजवादी पार्टीकी सह – अध्यक्ष रेणु यादवको पनि उपस्थिति रहेको थियो ।  

यसैगरी राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता नेजामुद्दीन समानीले आइतवार मन्त्रालयमा स्वासथ्यमन्त्री यादवलाई भेटेर पोखरिया अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नत्ती गर्दै अरू सेवासुविधा थप्न माग गर्दै ज्ञापनपत्रपनि बुझाएका हुन् । पोखरिया अस्पताल, जिल्लाका ग्रामीण भेगका बिरामीको उपचारका लागि एकमात्र अस्पताल रहेको र त्यहाँ बिरामीको उपचारको चापपनि धेरै रहेको तर त्यसअनुसारको शैया र उपकरण नहुदाँ ग्रामीण भेगका बिरामी अन्यत्र जानुपर्ने बाध्यता रहेको समानीले मन्त्री यादवलाई बताए ।

यस्तै नेता समानीले पोखरिया नगरपालिका वडा नम्बर ८ मा रहेको बर्थिङ सेन्टरको भवन निर्माणका लागि सरकारको नीति तथा कार्यक्रममा आवश्यक बजेट समावेश गराउनपनि मन्त्री यादवसंग माग गरे । यस्तै पर्सामा मधेस आन्दोलनका संस्थापक स्वर्गीय बाबा रामजनम तिवारीको नाममा अस्पताल निर्माण गर्न र रक्तसञ्चार केन्द्रका लागि आवश्यक उपकरण उपलब्ध गराउनपनि समानीले मन्त्री यादवसंग ज्ञापनपत्र मार्पmत माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री यादवले आफ्नो गृह जिल्ला पर्साको स्वास्थ्य क्षेत्रको सुधारलाई आाँफुले प्राथमिकतामा राखेको भन्दै नेता समानीले गरेका माग सम्बोधन गर्ने आश्वासन दिए ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?