सशस्त्र प्रहरी उपरीक्षक धिमालको कडा निर्देशन पछि युनिटहरु सतर्क /पछिल्ला २ दिनमा रु. १३,९३,५४०।- बराबरको भन्सार छलिका सामान बरामद गरे ।





पर्सा ०६ जेठ / सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको कडा निर्देशन पछि युनिटहरु सतर्क भएकाछन ।पछिला ०५/०६ गतेको  सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्सा अन्तर्गतका विभिन्न युनिटहरु बाट खटिएका टोलिले रु १३,९३,५४०।- बराबरको भन्सार छलिका सामान बरामद गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार 


 कार्यालयमा बुझाएका छन् । जेष्ठ ५ गते प्र.सि.सु गुल्म विरगंजबाटसशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजालको कमाण्ड मा खटिएको टोलिले वि.म.न.पा-२ स्थित भकुवा ईलाकाबाट रु ६,००,०००।- बराबरको कपडा बरामद गर्नुको साथै जेष्ठ ५ र ६ गते भन्सार मेनगेट वरपरको ईलाकाबाट रु.७,६९,८१२।- बराबरको भन्सार छली नेपाल तर्फ ल्या उदै गरेको विभिन्न किसिमका किराना सामान, कपडा, प्रतिबन्धित ब्रोईलर कुखुरा, ईलेक्ट्रोनिक्स र हार्डवेयरका सामान तथा कपडा ओसारपसारमा प्रयोग गरिएको BR 05 AC 2145 नम्बरको मो.सा. र ना २ ह २६३२ नम्बरको अटो समेत बरामद गरी आवश्यक कारवाहीको लागि विरगंज 


 भन्सार कार्यालयमा बुझाएको छ । साथै वि.ओ.पि भिष्वा तथा वि.ओ.पि. महादेवपट्टिबाट खटिएको टोलिले २३,७२८।- बराबरको भन्सार छलीका सामान बरामद गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाएका सशस्त्र प्रहरी बल न १३ हे क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक एवँम सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?