१७ औ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साद्धारा पशुपतिनाथ मन्दिरमा सरसफाई ।





  पर्सा ०२ बैशाख / सशस्त्र प्रहरी बलले  आफ्नो १७ औ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जिल्ला पर्सा विरगंज म.न.पा.-१४ स्थित रहेको पशुपतिनाथ मन्दिरमा सरसफाई कार्यक्रम गरी आफ्नो स्थापना दिवस 


 अन्तर्गतका कार्यक्रमको सुरुवात गरेको छ । उक्त सरसफाई कार्यक्रममा मन्दिर व्यवस्थापन समिति, मन्दिरका पुजारी तथा स्थानियको समेत सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको १७ औ स्थापना दिवस २०८१।०१। ०७ गते रहेको छ । आजबाट ०७ गते सम्म स्थापना दिवसको अवसरमा खेलकुद लगायत विविध कार्यक्रमहरु संचालन गरिने सशस्त्र प्रहरी बल न १३ गण 
हे क्वा पर्साको सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी )
 एवँम सुचाना अधिकारी देबेन्द्र ब सिंहले बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?