बारा २१ चैत / विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कलैया बाराको मातहत ईलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट खटिएको प्रहरी टोलिले निम्न स्थानमा निम्न गाडिहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू.५२ लाख २५ हजरा ३ सय ७३ रूपैया बराबरको निम्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको
साथै मिति २०८०/१२/१६ गते अं.२३:३० बजेको समयमा जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ७ ख ८२१९ र ना ७ ख ६५६४ नं.को मिनि ट्रकमा लोड गरेको SPARE PARTS अं.मुल्य रू.४७,१९,१२३।– रूपैया 

बराबरको समान ।
मिति २०८०/१२/२० गते अं.०६:३० बजेको समयमा महोत्तरीबाट चितवन तर्फ जादै गरेको ग.२ ख.५६३ नं.को मिनि ट्रकमा लोड गरेको २२५ बोरा प्याज अं.१०,१२५ किलो अं.मुल्य रू.५,०६,२५०।– रूपैया बराबरको बिल भरपाई नभएकोले बरामद उक्त समनाहरु बरामद गरि आवश्यक कार्वाही को लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ति मार्फत जानकारी दिए ।
