सशस्त्र प्रहरी बल पर्सा द्वारा श्रोत नखुलेको ६ लाख नगद र किराना समान बरामद गरे ।




पर्सा २६ चैत /  जि.पर्सा बि.म.न.पा.-१६ भन्सार मेनगेट गेट स्थित सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्ड मा  खटिईएको चेकप्वाईन्ट टोलिले चेकजाँच गर्ने क्रममा भारत बाट नेपाल तर्फ पैदल आउदै गरेको जिल्ला पर्सा बिमनपा-१६ नगवा बस्ने अ.बर्ष ३७ की मालति देवि सोनारको साथ बाट श्रोत नखुलेको नेपाली नगद  १००० दरको नोट ६००सय  थान= रु  ६,००,०००।- (छ लाख ) सहित निज लाई नियन्त्रणमा आवश्यक कारबाहीको लागी  बिरगंज भन्सार कार्यालय बुझाएको। 


यसैगरी जिल्ला पर्सा बीरगंज म.न.पा.-१५ प्रतिमाचोक स्थित  चेकप्वाईन्ट टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा साइकलमा ल्याउदै गरेको किनारा समान फाली साइकल सहित ब्यक्ति भागी गएको हुँदा उक्त किराना समान मुल्य रु १७,८२५।- बराबरको बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको। सशस्त्र प्रहरी बल पर्सा बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?