पर्सा १७ बैशाख / जिल्ला पर्सा बि.म.न.पा -१६ भन्सार मेनगेट ईलाकामा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्ड मा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जादै गरेको BR 05 AZ 7574 नम्बरको TVS मो.सा.मा सवार जि.पुर्बी चम्पारण रक्सौल निवासी बर्ष ४० को भारतिय नागरिकको साथबाट नेपाली रुपैया रु. ३,३६,०००।- फेला परेको हुँदा निजले प्रयोग गरेको मुल्य रु. २,००,०००।- बराबरको मो.सा. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल न १३ हे क्वा पर्सा को सशस्त्र प्रहरी नायव उपरीक्षक एवँम सुचना अधिकारि देबेन्द्र ब सिंहले जानकारी दिए ।
