पर्सा १४ बैशाख / जिल्ला पर्सा बिरगंज म.न.पा.-१६ भन्सार मेनगेटबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजाल
लो कमाण्ड खटिएको टोलिले चेकजाँच गर्ने क्रममा शरिरमा लुकाईछिपाई जिल्ला मकवानपुर निवासी क्रमश: वर्ष २८, ५१, ४४, ४० का ४ (चार) जना महिलाहरुले भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको प्रतिबन्धित कोडिन मिश्रित COUGH SYRUP ONEREX 100 ML का ६६ वटा औषधिका बोतल निज महिलाहरुको साथबाट बरामद भएकोले निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वामा बुझाईएको सशस्त्र प्र!बल न १३ गण पर्साको सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी ) एँवम सुचना अधिकारी देबेन्र्द ब सिंहले बताए ।
