सशस्त्र प्रहरी महिला संघ द्धारा राहत वितरण



महोत्तरी १६  बैशाख /  महोत्तरी  जिल्ला को मटिहानी न.पा. ६ जरलहवा टोल गाँउ बस्तिमा भएको आगलागीबाट १०३ घरधुरी पुर्ण रुपमा क्षति भएकामा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालबाट आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण तथा सामुहिक खानाको कार्यक्रम 


 गरिएको छ । सशस्त्र प्रहरी परिवार महिला संघले स्थापना काल देखी मानविय सहयोग कार्यमा केन्द्रीत रहि विभिन्न समयमा घटेका विपद्का घट्नाहरुमा सक्दो राहतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ त्यसैको निरन्तरता स्वरुप पवित्र भुमि मटिहानीमा राहत तथा सामुहिक भोजनको कार्यक्रम संचालन गरि एको थियो ।


१०३ घरधुरी आगलागी पिडितहरुका प्रत्येक परिवारमा कम्बल १, सिरानी १, टाबेल १, पानी खाने बोतल १, जग १, माक्स १०, स्टिलको कचौरा २, स्टिलको गिलास २, स्टिलको थाल २, स्टिलको चम्चा २, ब्यक्तिगत सरसफाई 


 किट (पुरुष/महिला) तथा सामुहिक रुपमा प्रयोग गर्ने गरी १०/१० थान शैचालय, प्यान तथा पाईप/एल्बो लगाएतका राहत सामाग्रीहरु वितरण गरिएको थियो । राहत सामाग्री वितरण कार्यक्रम पश्चात ७०० जना आगलागी पि डितहरुलाई सामुहिक खाना खुवाईएको थियो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?