सशस्त्र प्रहरी पर्साद्वारा मुल्य रु १३,२०,२३५।- बराबरको भन्सार छलिका सामानहरु बरामद गरे ।




पर्सा ०३ बैशाख  / सशस्त्र प्रहरी बल पर्साले मिति २०८१।०१।०२ गते र २०८१।०१।०३ गते पर्सा जिल्लाको विभिन्न स्थानबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेका विभिन्न किसिमका सामान तथा सो ढुवानिमा प्रयोग गरिएका सवारी साधन गरि जम्मा रु. १३,२०,२३५।- मुल्य बराबरको सामान तथा सवारी साधन बरामद गरि आज मिति २०८१।०१।


 ०३ गते विरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
मिति २०८१।०१।०३ गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिमालको कमाण्डमा खटिएको टोलिले वि.म.न.पा-१६ भन्सार मेनगेट वरपरको ईलाकाबाट मुल्य रु. ७,४०,९५५।- बराबरको किराना सामान, मोटर पर्टस र लत्ता कपडाको साथै कपडा 


 ढुवानिमा प्रयोग गरिएको मुल्य रु.२,००,०००।- बराबरको  बि.म.न.पा. १ ह २-००२२ नम्बरको अटो बरामद गरी आज मिति २०८१।०१।०३ गते विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।  साथै सुरक्षा बेश बहुअर्वाभाठाबाट खटिएको टोलिले मिति २०८१।०१।०२ गते मुल्य रु. २,००,०००।- बराबरको ना.६३ प ६५१५ नम्बरको मो.सा. र उक्त मो.सा.मा ल्याउदै गरेको मुल्य रु. १२,०००।- बराबरको पंखा बिन्दवासिनी गा.पा. 


 २ बहुअर्वाभाठाबाट बरामद गरेको र सोहि मितिमा  सुरक्षा बेश बेलवाबाट खटिएको गस्ति टोलिले मुल्य रु. १,६७,२८०।- बराबरको कपडाहरु  वि.म.न.पा.-३२ टेडा रोडबाट बरामद गरि आज मिति २०८१।०१।०३ गते विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साको सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी ) एवँम 
सुचना अधिकारी देबेन्द्र ब सिंहले जानकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?