वीरगंजका मेयर सिंहको समर्थनमा विशाल प्रदर्शन

वीरगंज, १८ माघ । वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहको समर्थनमा आज विशाल र्याली निकालिएको छ ।
 
दलाल, भूमाफिया, विकास विरोधी होशियार, वैभवशाली वीरगंज हाम्रFे साझा सरोकार नारा लेखिएको ब्यानरसहित वीरगंजको वृहत्तर विकासको लागि निर्वाचित सशक्त नेतृत्वलाई नागरिक समाजको ऐक्यबद्धता जनाएको हो ।
 
र्यालीमा सहभागीहरुले वीरगंजको शान, मेयर राजेशमान, चरित्र हत्या गर्न पाइदैन, वीरगंजवासीको एउटै पुकार, अझै २० वर्ष राजेशमानको सरकार नारा लेखिएको प्लेकार्ड बोकेर नगर परिक्रमा गरिएको थियो ।
 
मेयर सिंहलाई राजनैतिक रिसइबि साध्नको लागि  विपक्षले झुठो नागरिकता मुद्दा लगाएको भन्दै नगरबासीले प्रदर्शन गरेका थिए ।
 
वीरगंजका नागरिक समाजले स्वस्फूर्तरूपमा मेयर  सिंहको समर्थन गरेका छन् । बिहिवार दिउँसो १२ बजे मेयर  सिंहका समर्थकहरू लालबंगलामा भेला भएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।
 
ज्ञापनपत्रमा मेयर सिंहविरूद्धको मुद्दा खारेज गरी झुठो  मुद्दा दिनेहरूमाथी कारबाहीको माग गरिएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?