धनुषा १८ माघ / सशस्त्र प्रहरी बल धनुषाले २ लाख
बराबरको विभिन्न किसिमका जुत्ताहरु बरामद गरेकाछन ।
विषेश सुराकीको अधारमा बिदेह न.पा वडा न .९ स्थित
खरियानि इलाकाबाट न ८ गण हे क्वा धनुषाबाट सप्रनानी
रबिन्र्द जङ् थापाको कमाण्डमा खटिएको टोलिले भारत
बाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउन्दै गरेको
अवस्था बरामद गरेकाछन । बरामद गरेका सो जुत्ताहरुको
रु १लाख ६३ हजार ८०० सय मुल्यांकन गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुर दाखिला गरेका न ८ गण हे क्वा धनुषाको प्रवक्ता सप्रनाउ यदु कार्कीले बताए ।साथै गणले यो आ ब मा हाल सम्म करिब ३ करोड रुपैयाँ बराबरको सामान सवारीसाधन बरामद गरी जनकपुर भन्सार कार्यालयमा बुझाएको छ ।
