रौतहटमा ४ दिन देखि नाग एक्कै ठाउमा । नाग हेर्न दर्शनार्थीहरूको ठुलो भिड

भोला यादव रौतहट
रौतहट १८ माघ 


रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा:- ३ मा नाग सर्प देखिएको छ। फतुवा विजयपुर नगरपालिका को दक्षिण मा रहेको टेग्राह बाट मेवा गाउँ जाने बाटो मेवा गाउँ मा रहेको पोखरी को छेउ छाउ मा नाग देखिरहेको छ। नाग सर्प लाई भगवान् शिव भोले नाथ को रूप लिएर आएको छ भनेर स्थानीय हरु को भनाई रहेको छ। नाग देवता को दर्शन गर्न को लागि अहिले सो ठाउँमा धेरै नै भिड भईरहेको छ। दर्शनार्थीहरू को सङख्या नाग निस्केको ठाउँ हजारौं हजार सङ्ख्य भिड बढ्दै गएको छ। बिगत ४ दिन देखि पोखरी को छेउ  नाग हेर्न मिलिरहेको छ नाग निस्कीएको को ठाउँ मा छिटो भन्दा छिटो मन्दिरको निर्माण गरिदिनु भनेर स्थानीय हरु स्थानीय सरकार सग माग समेट गरेको छ । सो निस्किएको नाग देवता लाई स्थानीय हरु ले दुध समेत खुवाई रहेको छ। अहिले नाग निस्कीएको ठाउँ मा बारा र रौतहट जिल्लाको दर्शनार्थीहरू को भिड भईरहेको छ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?