कृषि क्षेत्रमा रोजगारीको स्थापना गर्नुपर्ने– नेता नेपाल

वीरगंज, २३ पुस । नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी )का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध एक हुनुपर्नेमा जोड दिएका छन् ।

आज बारामा परवानीपुर गाउँपालिका कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देशलाई समृद्धिमा पु-याउन आफनो पार्टीको विकल्प नरहेको बताए । उनले किसानका छोरालाई विदेशिन नदिन कृषि क्षेत्रमा रोजगारको स्थापना गर्नुपर्ने बताए । नेता नेपालले अब देशमा राजतन्त्र नआउने बताए ।

कार्यक्रममा सयौं युवाहरुले सो पार्टीमा प्रवेश गरेका थिए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?