पर्सा २३ पुस / सशस्त्र प्रहरी बलले २० वटा पशु चौपाया बरामद गरेकाछन । सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्सा बाट खटिएको टोलिले भारतबाट अवैध तरिका ले
नेपाल तर्फ ल्याउन्दै गरेको अवस्था मा बि न पा वडा न २४ स्थित रमघढवा मा सशस्त्र प्रहरी बलको गस्ती टोलि
लाई देख्न साथ उक्त पशु चौपाया छाडी फरार भएको
थियो । गस्ती टोलिले ११ वटा भैसी ९ वटा पांडा गरि २० वटा पशु चौपाया नियन्त्रणमा लाई विरगंज भन्सार कार्यालयको रोहबरमा ४ लाख ५१ हजार मुल्यांकन गरि लिलाम गरेको न १३ गणको सप्रनाउ (dsp) एँवम प्रवक्ता संगम श्रेष्ठ ले जानकारी दिए ।
