भारतीय चल्ला ओसारपसार गर्ने सवारी साधन भन्सार चलान

वीरगंज, २५ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले भारतीय कुखुराको चल्लाको नष्ट गर्नुको साथै ओसार पसार गर्ने सवारी साधन भंसार बुझाइएको जनाएको छ ।
 
वीरगञ्ज महानगरपालिका वडा नं.२१ डकैलाबहुअरी सडकखण्डमा भारतबाट नेपाल तर्फ अवैध रूपमा ना.६ प ७६७२ र नम्बर उल्लेख नभएको मोटरसाइकलमा चल्ला ४२०० गोटा ल्याउदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि तस्करहरु सवारी साधन छाडेर फरार भएको जिप्रका, पर्साले जनाएको छ ।
प्रहरीले बरामद चल्ला पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सिया मार्फत तिलावे खोलाको बगरमा खाल्डो खनेर नष्ट गरेको जनाएको छ ।
 
त्यसैगरी पुस २४ गते पक्राउ भएको भारतीय कुखुराको चल्ला ३८०० र ओसारपसार गर्ने दुईवटा मोटरसाइकललाई वीरगंज भन्सार कार्यालय बुझाएको जिप्रका, पर्साले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?