धनुषा ३० मंसिर / सशस्त्र प्रहरी बल नेपाल सिमा नाका
मा खटिएका युनिटहरु सिमा सुरक्षा र तस्करी नियन्त्रणमा
सक्रिय भएकाछन । सिमा नाकाबाट हुने तस्करीको समान
धमाधम बरामद गरिरहेकाछन । बारा पर्सा लगायत धनुषा
पनि सक्रिय रहेकाछन । सशस्त्र प्रहरी बल नेपालले न ८ गण हे क्वा धनुषा बाट खटिएका सप्रनी हिमालदेव सुवेदी को कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको अधार
मा भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको अं. मुल्य रु. ६,६४,८२०।- बराबरको किराना समान, गुटखा र कपडा बरामद गरी आवश्यक कार्वाहिको लागि जनकपुर भन्सार कार्यालयमा बुझाएको
न ८ गण हे क्वा धनुषाको सप्रनाउ (DSP) एवँम प्रवक्ता
यदु कार्कीले बताए ।

