धनुषा १४ पुस / सशस्त्र प्रहरी बल धनुषाले भारतबाट
अवैध रुपले चोरी पैठारी गरि ल्याइएको ५ लाख भन्दा
बढीको अवैध समानहरु बरामद गरेकाछन । विशेष सुराकीको अधारमा सशस्त्र प्रहरी बल नेपाल न ८ गण
हे क्वा धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल देव सुवेदीको कमाण्डमा खटिएको टोलिले शुक्रबार जनकपुरधाम उ.म.न.पा.- १,४ रेल्बे स्टेशन, माछा बजारमा, धनौजी गा.पा. -४ भडरिया स्थित सीमा ईलाका, मुखियापट्टी मुसर्निया गा.पा. -२ अखेराघाट
लगाएत सिमा नाकाहरुबाट भारतबाट अवैध तरिकाले
भन्सार छली नेपाल तर्फ ल्याउन्दै गरेका अवैध लत्ताकपडा किराना समानहरु समेत समानहरु बोक्नमा
प्रयोग गरेका BR - 32 N 4901 को भारतिय मो सा र
बा ६४ प ३९३८ न मो सा नियन्त्रणमा लिइ रु ५ लाख
३८ हजार ४८९ मुल्यांकन गरि आवश्यक कार्वाहीको
लागि जनकपुर भन्सार कार्यालय दाखिला गरेको न ८
गणका सप्रनाउ ( dsp ) एवँम प्रवक्ता यदु कार्कीले
जानकारी दिए ।
